Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पाकिस्तानमा आज आम निर्वाचन

Wednesday, July 25, 2018 National Power

९ साउन, रोयटर्स /लाहोर – पाकिस्तानमा बुधबार आम निर्वाचनको मतदान सुरु भएको छ । यो पटकको निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान र हाल कैदी जीवन बिताइरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच तिव्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ ।

हाल सत्ता सञ्चालनमा नै रहेका दलका नेता सरिफ भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि त्यहाँको सेनाले पनि खानको पार्टीलाई समर्थन दिएको बताइएको छ । पाकिस्तानमा सेनाको सरकार नरहेको एक दशक पुगे पनि यो पटकको निर्वाचनमा सेनाको हस्तक्षेप रहने अनुमान गरिएको छ ।

केही समय यताको मत सवेक्षणमा पूर्व क्रिकेटर खान केही अगाडि देखिएपनि निर्वाचनको नतिजा भने सबैभन्दा धेरै जनसंख्या भएको पंजाब राज्यले तय गर्ने छ । उक्त स्थानको मत सर्वेक्षणमा भने अहिले पनि सरिफ नै अगाडि देखिएका छन् । त्यसैले पनि अन्तिम नतिजा नआउनजेल पाकिस्तानमा नयाँ सरकार कुन पार्टीको भन्छ भनेर यकिन गर्न मुस्किल छ । मतदान पाकिस्तानी समय अनुसार बेलुका ६ बजेसम्म चल्ने छ ।

निर्वाचनलाई मध्यनजर गर्दै पाकिस्तानभर नै सुरक्षाव्यवस्था मजबुत बनाइएको दाबी गृह तथा रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।