Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रियाद महरेजलाई म्यानचेष्टर सिटीले भित्र्यायो

Wednesday, July 11, 2018 National Power

२७ असार, काठमाडौं – प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले क्लबको कीर्तिमानी मूल्यमा विंगर रियाद महरेजलाई भित्र्याएको छ । सिटीले लिसेस्टर सिटीका २७ वर्षीय महरेजलाई ६० मिलियन पाउण्डमा भित्र्याएको छ । उनले क्लबसँग ५ वर्षे सम्झौता गरेको बीबीसीले जनाएको छ ।

सिटीले गत जनवरीमै महरेजलाई भित्र्याउन चाहेको थियो तर, लिसेस्टरले ९५ मिलियन मागेपछि सहमति जुट्न सकेन र महरेजले सिटीको खेल्ने शैली आफ्ना लागि उपयुक्त भएको र इंग्लिस फुटबललाई पुनर्परिभाषित गर्ने सिटीको प्रयासमा सहभागी भएको बताएका छन् ।

उनले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोको नेतृत्वमा आफ्नो खेल सुधारको अपेक्षा सुनाएका छन् । अल्जेरियन महरेजले भनेका छन्, ‘पेप ग्वार्डिओला आक्रमक फुटबल खेल्न प्रतिवद्ध छन् र गत सिजन सिटीको प्रदर्शन उत्कृष्ट रह्यो ।’ २०१५–१६ मा लिसेस्टर सिटीले प्रिमियर लिग जित्दा महरेज प्लेयर अफ दि इयर बनेका थिए । लिसेस्टरका लागि १७९ खेल खेलेका उनले ४८ गोल गरेका छन् ।