Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अलास्का पहाडमा ठोक्कियो विमान

Wednesday, July 11, 2018 National Power

२७ असार, काठमाडौं – अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् ।अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।