Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपाल र सेन्ट किट्सबीच कूटनीतिक सम्बन्ध स्थापित

Thursday, May 31, 2018 National Power

१७ जेठ, काठमाडौं – नेपाल र सेन्ट किट्स एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापित भएको छ । वेस्ट इन्डिजको टापुमा अवस्थित सेन्ट किट्स एण्ड नेभिससँग बुधबार नेपालको दौत्य सम्बन्ध कायम भएको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सेन्ट किट्स एण्ड नेभिसका स्थायी प्रतिनिधि साम टेरेन्स कन्डोरले औपचारिक सम्बन्ध स्थापित भएको घोषणा गरेका हुन् ।

नेपालका लागि संयुक्त राष्ट्र संघको स्थायी नियोगले दिएको जानकारी अनुसार, दुवै देशका प्रतिनिधिले दुई पक्षीय हित र विकासका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।