Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बार्सिलोनाका जेनेन्ड इनिस्टा जापान लागे

Thursday, May 24, 2018 National Power

१० जेठ, काठमाडौं – बार्सिलोनाका लेजेन्ड आन्द्रे इनिष्टा जापान गएका छन्, जसलाई उनले नयाँ घर भनेका छन् । जे लिगको क्लब ‘भिसल कोबे’का मालिक हिरोसी मिकाटानीले उनलाई जापान लगेका हुन् । मिकाटानीले इनिस्टालाई निजी विमानमा लिन आएको तस्वीर ट्वीट गरेका छन् ।

३४ वर्षीय इनिस्टाले यो सिजनको अन्त्यमा बार्सिलोनाको २२ वर्षे करियर अन्त्य गरेका हुन् । १२ वर्षको उमेरमा क्याटलानमा आवद्ध उनले २२ प्रमुख उपाधि जिते । ‘भिसल कोबे’ जे लिगको छैटौं स्थानमा छ । गत सिजन नवौं स्थानमा रहेको थियो ।