Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जगत गुरु शंकराचार्य नेपाल आउदै

Wednesday, April 25, 2018 National Power

१२ बैशाख,काठमाण्डौ –  यहि बैशाख ३० गते जगत गुरु शंकराचार्य नेपाल आउने भएपछि जगत गुरुको सम्मान गर्नको लागि स्वागत समिति गठन गरिएको छ । आज शिवतान्त्रीक गुरुनिवासमा जम्मा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जगत गुरुको नेपाल बसाई सहज र सरल बनाउने उदेश्यले स्वागत संयोजक सहित १५ सदस्यीय कार्य समिति गठन गरेको छ ।

स्वागत समितिको संयोजकमा स्वामी पदमधराचार्य रहेका छन् भने सह संयोजकमा किशोरी महतो रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा पुष्प पराजुली,नेय सिं नकर्मी,धु्रव बहादुर पाण्डे, प्रकाश कुवर,प्रशान्त मास्के, राम प्रसाद नेपाल,श्याम डंगोल,हेमा लुईटेल,गोपाल महर्जन, राम खड्का र नेशनल पावर न्युज डटकमका राजन थापा रहेका छन् । मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रीक गुरुको निर्देशनमा समिति संचालन हुने बताईएको छ ।

स्वामी पदमधराचार्यको संयोजकत्वमा बनेको अभिनन्नद मुल समितीले जगत गुरुलाई अभिनन्दन गर्ने बताएको छ । जगत गुरु नेपालका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्दे विभिन्न स्थानमा धार्मीक प्रवचन दिने बताईएको छ । साथै काठमाण्डौको टुडीखेल चितवन,भरतपुर,हेटौडा लगायतका ठाउहरुमा नागरिक स्तरबाट अभिनन्दन गरिने स्वागत समितिका संयोजक स्वामी पदमधराचार्यले बताएका छन् ।