Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

विश्वकै पहिलो नागरिकताधारी रोबोटलार्इ बुधबार नेपाल ल्याइँदै

Tuesday, March 20, 2018 National Power

६ चैत, काठमाडौं – नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम ( युएनडिपी ) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो । मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ । जसका कारण सबैको योप्रति आकर्षण छ । महिला रोबोट मानिएको यो सोफियाले बच्चा जन्माउने समेत चाहना राखेको बताइन्छ ।