Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

महाशिवरात्रीको पुर्व सन्ध्यामा शिवपार्वती रथ यात्रा गरिने

Tuesday, February 6, 2018 National Power

२३ माघ,काठमाण्डौ – राष्ट्रको सुख शान्ति र समृद्धिको कामना गर्दे मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले महान पर्व महाशिवरात्रीको पुर्व सन्ध्यामा शिवपार्वती रथ यात्रा गर्दै आईरहेको छ । सोहि कार्यक्रम अन्तर्गत यहि माघ २८ गते आईतबार शिव पार्वती छैठौँ रथयात्रा समारोह कार्यक्रम जलघडा सहित गरिर्दै छ ।

हरेक वर्ष पसुपती परिसरमा हुने गरेको भए पनि यस पटक भने हनुमान ढोका परिसरमा रथयात्रा समापन गरिने प्रतिष्ठानले नजाएको छ ।रथयात्रा बालकुमारी मन्दिर ललितपुरबाट विषेश पुजाअर्चना गरेपछि बाजागाजा , झाक्रि, गुरुज र भक्तजनहरु सहितको सहभागिता रहने प्रतिष्ठानले एक जिज्ञप्तिमा जनाएको छ ।

रथयात्रा पुल्चोक,कुपण्डोल,नयाँ सडक,बसन्तपुर हुदै मखनटोल स्थित महादेवमा १०८ कुण्डको जल सहित पुजा अर्चना गरेर हनुमान ढोका परिसर डबलिमा शिव पार्वती रथ यात्रा समापन गरिने मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष रामकृष्ण कर्माचार्य द्धारा हस्ताक्षरीत विज्ञप्तिमा जनाएको छ ।
१०८ कुण्डको जल सहित हेलिकाप्टरबाट पुष्प वर्षा गरिन समेत जनाईएको छ । हरेक वर्ष शिवरात्रीको अवसर पारेर प्रतिष्ठानले दुई दिन अगाडी नै शिव पार्वती रथ यात्रा गर्दै आएको हो ।