Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जेरुसेलममा राजदूतावास सार्ने निर्णय प्रशंसनीय :नेतन्याहु

Tuesday, December 26, 2017 National Power

१० पौष,  इजरायल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ ।

ग्वाटेमालाले आफ्नो राजदूतावास जेरुसेलम सार्ने निर्णय प्रशंसनीय छ, प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो ।

ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिने निर्णयका कारण विश्व समुदायले अमेरिकाको आलोचना गरिरहेका समय ग्वाटेमालाले आइतबार जेरुसेलममा राजदूतावास सार्ने घोषणा गरेको थियोे ।

ग्वाटेमालाले गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक वक्तब्य जारी गर्दै भन्नुभयो, “अमेरिका, ग्वाटेमालाले आफ्ना राजदूतावासलाई जेरुसेलम सार्ने घोषणा गरेका छन् उनीहरुले जस्तै अन्य मुलुकले पनि जेरुसेलमबारे अमेरिकी यस कदमलाई पछ्याउँदै विश्वका निर्णय लिनेछन् ।”