Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै

Monday, October 30, 2017 National Power

१३ कात्तिक, जनकपुरधाम – यही कात्तिक २२ गते जनकपुरधाममा श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।

यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक ९एकै दिनमा० सम्पन्न हुने बताइएको छ । श्री मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिने सो महायज्ञ सन्दर्भमा रङ्गभूमि मैदानमा ध्वजा स्थापना कार्य सम्पन्न भई रङ्गभूमिको सरसफाइको कार्य भइरहेको अध्यक्ष ललन ठाकुरले बताउनुभयो । त्यस्तै महायज्ञलाई लक्षित गरी कात्तिक २१ गते शोभायात्रा र दीप उत्सव गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।