Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, नेपालगन्ज – विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन  शुरु भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन र शान्ति कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

सम्मेलनको दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी र केन्द्रीय सदस्य अब्दुल्लाह अत्तारीले संयुक्तरूपमा उदघाटन गर्दै मानवीय व्यवहारबाट मात्र विश्वमा शान्ति कायम गर्न सकिनेमा जोड दिनुभयो ।

भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र भूटानसमेत आठ मुलुकमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सैयदरिहान अत्तारीले बताउनुभयो ।