Thursday 17th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

Thursday, October 26, 2017 National Power


९ कात्तिक,वासिङ्टन  – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उनलाई बधाई दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराएका छन् ।कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ ।

कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन् । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उनका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताएका छन् । उहाँ एक असल मान्छे हो ।

अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भने, केही मानिसले उहाँलाई चीनको राजा नै भन्छन् तर उहाँ राष्ट्रपति हो । धेरै राम्रो सम्बन्ध रहेको छ । यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।

ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ–अनले पनि सि लाई बधाईको सन्देश पठाएको बताएको छ ।