मलेसिया, ८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका द्धितीय सचिव प्रेमराज गौतमले भने(‘नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टि भएको छैन् ।’
घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उनले जनाकारी दिए ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भीर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।मृत्यु हुने महिला कामदार रहेको बताइएपनि उनीहरुको राष्ट्रियता भने अहिलेसम्म खुलाइएको छैन् ।
-अनलाईन खवरवाट साभार