Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

बंगलादेशमा पुगे झण्डै छ लाख रोहिङ्गा, बालबालिका रोगको शिकार स् राष्ट्रसंघ

Sunday, October 22, 2017 National Power

५ कात्तिक, संयुक्त राष्ट्रसंघ – म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार यसरी भागेर बंगलादेश पुगेका म्यान्माली शरणार्थीको संख्या ५ लाख ९० हजार रहेको छ । अहिले पनि म्यानमारको सीमा क्षेत्रबाट बंगलादेश छिर्ने क्रम जारी नै रहेको बताइएको छ । यसरी बंगलादेश पुगेका म्यान्माली शरणार्थीमध्ये आधाभन्दा बढी बालबालिका रहेका बताइएको छ । शरणार्थी बालबालिकाको संख्या ३ लाख २० हजार रहेको पनि प्राप्त सो समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता फराह हकले दिएको जानकारीअनुसार अहिले पनि म्यानमारको उत्तरी राखिन राज्यबाट भागेर बंगलादेश छिर्ने क्रम रोकिएको छैन । यी दुई देशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर म्यान्मालीहरु बंगलादेश छिर्ने गरेका छन् । उहाँले केही दिनमात्र यता पनि करिब सात हजार म्यान्मालीहरु करिब चार दिनको यात्रापछि बंगलादेश आइपुगेका छन् । उनीहरुमध्ये अझै एक हजार जना म्यान्मारबाट बाटो लागेका तर बंगलादेश आउने क्रममा रहेका छन् ।

बंगलादेशका शरणार्थी शिवीरहरुमा उनीहरुको जीवन अत्यन्तै कष्टपूर्ण बन्दै गएको, धेरै ठूलो संख्याका शरणार्थी रहेकोले उनीहरुको खानपिन तथा अन्य कामका लागि पनि व्यवस्थापन गर्न अप्ठेरो भएको तथा दाता राष्ट्रहरु तथा संघसंस्थाहरुलाई पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

यसैबीच ती शरणार्थी शिवीरहरुमा रहेका बालबालिकाको अवस्था प्रतिदिन नाजुक हुदै गएको छ । स्वस्थ खानेपानी तथा अन्य आधारभूत आवश्यकताको अभावमा उनीहरुको अवस्था नाजुक बन्दै गएको बताइएको छ । उनीहरुमा पानीजन्य संक्रमण देखिएको, झाडापखाला र आउँका विरामीहरु प्रतिदिन बढिरहेको भन्दै स्वास्थ्य कार्यकर्ताहरुले बालबालिकामा हैजाको प्रकोप फैलिनसक्ने त्रास कायमै रहेको बताएका छन् ।

गएको अक्टोबर २५ मा म्यानमरको उत्तरी राखिन राज्यमा बसोबास गरिरहेका रोहिङ्गा समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि नै आक्रमण थालेको थियो । सोही कारण उनीहरु देश छोडेर भाग्न बाध्य भएका थिए । यसरी देश छोडेर भागी बंगलादेश पुग्नेहरुको संख्या झण्डै छ लाग पुग्न लागेको बताइएको छ ।