Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

तालिबानद्वारा अपहरण गरेका सातजनाको हत्या

Sunday, July 23, 2017 National Power

८ साउन – अफगानिस्तानमा तालिबान बिद्रोहीले अपहरण गरेका कम्तिमा सातजनाको हत्या गरेका छन् । तालिबान बिद्रोहीले कान्दाहार प्रान्तको गाउँबाट यो हप्ताको सुरुमा ६० भन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए । त्यसमध्ये कम्तिमा सातजनालाई अफगान बिद्रोहीले हत्या गरेको अफगान प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपरहणमा परेका मध्ये ३० जना भने मुक्त भएका छन् । तर अझै ३० जनाको अवस्था अज्ञात रहेको छ । अफगानिस्तामा भइरहेको आन्तरिक द्वन्द्वका कारण यो वर्षको ६ महिनामा १६ सय भन्दा बढीको ज्यान गइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तालिबान बिद्रोहीले कान्दाहार उरुज्गान राजमार्गमा सेना विरुद्ध सुरु गरेको एकीकृत अभियानको क्रममा गाउँलेको अपहरण गरेका हुन् । तालिबान बिद्रोहीले सरकारी पक्षलाई सहयोग गरेको आरोप लगाउँदै गाउँलेको अपहरण गरेका हुन् ।