Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

डेंगुको प्रकोपका कारण २ सय ५० को मृत्यु

Friday, July 21, 2017 National Power

६ साउन, – श्रीलंकामा ६ महिनायता फैलिएको डेंगुको प्रकोपका कारण २ सय ५० जनाको मृत्यु भएको छ ।

६ महिना यता फैलिएको डेंगुबाट करिब १ लाख मानिस संक्रमित भएको श्रीलंका सरकारले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोक्नको लागि श्रीलंका सरकारलाई अष्ट्रेलियाले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सहयोग गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन मातहतको उक्त योजनाले श्रीलंकामा डेंगुको संक्रमण ४ देखि ६ हप्ताभित्रमा ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । अष्ट्रेलियाली विदेशमन्त्री जुलि बिसप कोलम्बोमा भ्रमणका क्रममा रहेको बेला उक्त घोषणा गरिएको हो ।