Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ जनाको मृत्यु

Friday, July 14, 2017 National Power

३० असार, – मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको हो । मेक्सिकोमा लागु औषध कारोबार गर्ने समूहका कारण हिंसात्मक घटना बढ्दै गएको छ । गएको मे महिनामा मात्रै मेक्सिकोमा २ हजार १ सय ८६ जनाको हत्या भएको तथ्याङ रहेको बिबिसीले जनाएको छ ।