Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण हुँदा ७ जनाको मृत्यु, १९ घाइते

Tuesday, July 11, 2017 National Power

२७ असार – भारत प्रशासित कास्मिरमा विद्रोही संगठनको आक्रमणमा ७ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये पाँच जना महिला रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनंतनाग जिल्लामा विद्रोहीले यात्रुलाई लक्षित गरी आक्रमण गरेको खबरमा उल्लेख छ । विद्रोहीले आक्रमण गर्दा बसमा ५६ यात्रु थिए । उनीहरु गुजरातका र महाराष्ट्रका हुन् ।

प्रहरीका अनुसार अमरनाथ दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण भएको हो । यो आक्रमण भएको झण्डै एक घण्टा पछि कास्मिरमा इन्टरनेट सेवा बन्द गरिएको छ । घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्य मन्त्रीले भत्सर्ना गरेका छन् ।