Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै

Wednesday, July 5, 2017 National Power

२१, असार – उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै लगेको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल अन्तर महादेशमा मार हान्न सक्ने क्षमताको रहेको पुष्टि गर्दै अमेरिकाले उत्तर कोरियाको परमाणु क्षमता बढेको बताएको हो । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमण विश्वका लागि खतरा बन्दै गएको बताए। अमेरिकाले परमाणु हतियारसहितको उत्तर कोरिया स्वीकार नगर्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ । उत्तर कोरियाले मंगलबार आफूले पहिलो पटक अन्तरमहादेशीय मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । उत्तर कोरियाले अब अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने क्षमता बनाएको अमेरिकी अधिकारीले बताए। तर उत्तर कोरियाको मिसाइलले निशाना सही साँध्न भने नसक्ने विश्लेषकले बनाएका छन् । उत्तर कोरियाले मंगलबार जापानको समुद्री क्षेत्रमा अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो ।