Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

लण्डन आगलागीमा मृत्यु हुनेको संख्या १२ पुग्यो

Thursday, June 15, 2017 National Power

१ असार – लण्डनको एक भवनमा भीषण आगलागी हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् । २४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ ।

आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको र धेरैजसो सुतिरहेका थिए । टावरमा अझै पनि केही मानिस फसेको र केही बच्ने प्रयासमा झ्यालबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानमन्त्री टिरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताएका छन । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागीमा परि घाइते भएका ७८ जनाको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये १८ जनाको अवस्था गम्भीर छ । आगो नियन्त्रणमा लिनका लागि ४० भन्दाबढी अग्निनियन्त्रण इन्जिन र दुई सयजना अग्निनियन्त्रक खटिएका थिए ।