३१ जेठ – लण्डनको एक भवनमा भीषण आगलागी भएको छ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी भएको हो । आगो पूरै टावरमा फैलिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । २४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगो सबै तलामा फैलिएको छ । आगो नियन्त्रणमा लिनका लागि दुई सय भन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । आगलागीका कारण टावर भत्किने खतरा बढेको छ । लण्डनका मेयर सदिक खानले घटना निकै ठूलो रहेको बताए। आगलागी भएको टावरमा रहेका फ्ल्याटका बासिन्दा त्यहाँ फँसेका छन् र उनीहरुलाई उद्धारको काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।