Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरियो

Friday, June 9, 2017 National Power

२६ जेष्ठ – पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङ सेना तैनाथ गरेको छ ।तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

करिव ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएको थियो । राजभवनमा बैठक चलिरहँदा प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको इजाजतै नलिइ बैठक आयोजना गरिएको भन्दै मोर्चा अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना गरेका थिए ।

खासगरी बंगला भाषालाई राज्यका सबै स्कुलहरुमा अनिवार्य गरिने राज्य सरकारको निर्णयका कारण पनि दार्जिलिङका सर्वसाधारण आक्रोसित बनेका हुन् ।

बिहीबार सुरक्षाकर्मीबाट भएको ज्यादती विरुद्ध मोर्चाले आव्हान गरेको १२ घण्टे चक्का जामका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य सहरहरु प्रायस् सुनसान बनेका छन् । यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प पारिएको मोर्चाका सहसचिव ज्योतिकुमार राईले जनाए ।