Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सैनिक विमान दुर्घटना, १ सय २२ को मृत्यु

Thursday, June 8, 2017 National Power

२५ जेठ, – म्यानमारमा सेनाको विमान दुर्घटना हुँदा १२२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ चालकदलका सदस्य र १०६ जना सेना र उनीहरुका परिवारका सदस्य रहेको म्यानमारका सरकारी अधिकारीहरुले बताएका छन्।

म्यानमारको सेनाले यात्रुका शव र विमानको भग्नावशेष भेटिएको बताएको छ। सेनाको विमान बुधबार अंडमान सागर भएर उडिरहेका बेला सम्पर्क विच्छेद भएको थियो। उक्त विमान यंगुनबाट लक्षिणी म्यानमारको मेइक सहरका लागि उडेको थियो। सेनाको खोजी टीमले मृतकका शव र सामान सागरमा भेटिएको त्यहाँका अधिकारीले जानकारी दिएका छन । प्लेनको मूख्य भागको नभेटिएकोले खोजीकार्य जारी रहेको बताइएको छ। मौसममा कुनै खराबी नआएको हुनाले विमान दुर्घटनाको कारण के थियो भन्ने खुलिसकेको छैन ।
– एजेन्सी