Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सैनिक विमान दुर्घटना, १ सय २२ को मृत्यु

Thursday, June 8, 2017 National Power

२५ जेठ, – म्यानमारमा सेनाको विमान दुर्घटना हुँदा १२२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ चालकदलका सदस्य र १०६ जना सेना र उनीहरुका परिवारका सदस्य रहेको म्यानमारका सरकारी अधिकारीहरुले बताएका छन्।

म्यानमारको सेनाले यात्रुका शव र विमानको भग्नावशेष भेटिएको बताएको छ। सेनाको विमान बुधबार अंडमान सागर भएर उडिरहेका बेला सम्पर्क विच्छेद भएको थियो। उक्त विमान यंगुनबाट लक्षिणी म्यानमारको मेइक सहरका लागि उडेको थियो। सेनाको खोजी टीमले मृतकका शव र सामान सागरमा भेटिएको त्यहाँका अधिकारीले जानकारी दिएका छन । प्लेनको मूख्य भागको नभेटिएकोले खोजीकार्य जारी रहेको बताइएको छ। मौसममा कुनै खराबी नआएको हुनाले विमान दुर्घटनाको कारण के थियो भन्ने खुलिसकेको छैन ।
– एजेन्सी