Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित

Friday, April 21, 2017 National Power

८ वैशाख, धनगढी – हिजो सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । कप्तान पारस खड्काको सानदार ब्याटिङ र सौरभ खनालको अलराउन्ड प्रदर्शनमा रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्‍यो ।

शनिबार धनगढीले फाइनल गेम विराटनगर किंग्सको सामना गर्नेछ । विराटनगरले क्वालिफायर्स–१ मा रूपन्देही च्यालेन्जर्सलाई ३० रनले पराजित गरेको थियो ।

सुरुका चार खेलमा २५ रनमात्र बनाएका थिए, त्यसमा उनी पछिल्लो दुई खेलमा पहिलो बलमै पारस आउट भए । पछिल्ला ३ खेलमा भने पारसले १ सय २१ रन बनाइसकेका छन् ।

पारसले हिजो ३२ बलमा ५० रन पूरा गरी प्रतियोगिताकै छिटो अर्धशतक बनाए । पारसलाई साथ दिन आएका सौरभले ८ बलमा २ चौका र २ छक्का प्रहार गरी अविजित २४ रन बनाएपछि धनगढीले पछिल्लो १० ओभरमा १ सय १२ रन जोडेको थियो ।