Thursday 14th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

सुनको भाउ बढ्यो

Sunday, April 16, 2017 National Power


३ वैशाख, काठमाडौं – सुनको भाउ नेपाली बजारमा आइतबार प्रतितोलाको ५५ हजार ७ सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ बर्ष सुरु भएपछि आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको हो ।

यो बर्षको पहिलो दिन शुक्रबार सुन तोलाको ५५ हजार ६ रुपैयाँमै कारोवार भएको थियो ।
अघिल्लो दिन चैत ३१ गते पनि सोही भाउमा सुनको कारोवार भएको थियो । अघिलो बर्षको अन्तिम दिन बिहीबार सुन तोलामा २ सय रुपैयाँ महंगिएको थियो । आज चाँदीको भाउ पनि तोलाको ८ सय १५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।