Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सुनको भाउ दुई सयले महंगियो

Thursday, April 13, 2017 National Power


३१ चैत, काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले महंगिएको छ । २०७३ सालको अन्तिम दिन आज बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोवार भइरहेको छ । आज चाँदीको भाउ ८ सय १५ रुपैयाँ रहेको छ भने यो साताको बुधबार सुनको भाउ ५५ हजार ४ सय रुपैयाँ थियो । यस्तै, मंगलबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोवार भएको थियो ।