Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

महासंघ इतिहासमा महिला अध्यक्ष

Wednesday, April 12, 2017 National Power

३० चैत, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएकी छिन्। महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकी हुन्।

महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। राणा रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। त्यसैगरी, कार्यकारिणी समिति सदस्यमा उद्योग वाणिज्य समूहतर्फ उमेश डालमिया, सुरजकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दीपक लम्साल, ध्रुवराज श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य र सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।