Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि तीन करोड २९ लाख विनियोजन

Wednesday, April 5, 2017 National Power

२३ चैत, नेपालगन्ज  – सरकारले २०७२ र०७३ देखि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि चालु आव २०७३र२०७४ का लागि जिल्ला समन्वय समितिलाई तीन करोड २९ लाख रकम विनियोजन गरेको छ ।

जिल्लाका १२ गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडा भारत संग सीमा जोडिएका छन् ।

स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको दयनीय अवस्था रहेको तर सँगै सीमापारी भारतीयहरुको अवस्था त्योभन्दा राम्रो देखिएको कुरालाई दृष्टिगत गरी सरकारले यो कार्यक्रम सञ्चालन गरेको बताए ।

स्थानीय विकास अधिकारी प्याकुरेलले “सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिले प्रष्ट देखिने काम गर्नुपर्ने निर्देशन गरेकाले सोही बमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

बाँके जिल्लासहित मुलुकका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लामा सरकारले सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ ।