Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सामूहिक टमाटर खेतीबाट प्रतिव्यक्ति डेढ लाख

Sunday, April 2, 2017 National Power

२० चैत्र, नेपालगन्ज – नेपालगन्ज कैलास कृषि सहकारीमार्फत जानकी गाउँपालिकाको बेलभारमा किसानले सामूहिक टमाटर खेती गरेका छन् । २२ बिघा जग्गाको टमाटर खेतीबाट प्रतिव्यक्ति डेढ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बताए ।

सो जमिनबाट यो वर्ष ६ सय ६० मेट्रिक टन उत्पादन भएको छ । एक वर्षमा १ करोड ५५ लाखको टमाटर बिक्री भएको सहकारीले जनाएको छ ।

यहाँको टमाटर नेपालगन्ज, कोहलपुर, सुर्खेत तथा दाङसम्म पुग्ने गरेको सहकारीका अध्यक्ष कमलेश थापाले बताए । टमाटर खरिद गर्न व्यापारीहरू घरमै आउन थालेका छन् । यहाँका बजारमा टमाटर प्रतिकिलो २० रुपैयाँ थोक मूल्यमा बिक्री हुने गरेको पनि बताए ।पहिले व्यक्तिगत रूपमा टमाटर खेती गर्दै आए पनि दुई वर्षदेखि यसलाई व्यावसायिक र सामूहिक बनाएका हुन् ।

सहकारी सचिव निरञ्जन शर्माले असारमा सुरु गरिएको खेतीबाट पछिल्लो वैशाखसम्म उत्पादन हुन्छ । टहरा बनाउँदा श्रमदानदेखि ब्याड बनाउने, बेर्ना सार्ने, गोडमेल गर्ने र टमाटर टिप्ने काममा पालो लगाई सबैले समान रूपले काम गरेकोउनले बताए ।सामूहिक काम गर्दा आर्थिक रूपले आत्मनिर्भर बन्ने, सहयोगी भावनाको विकास हुने उनले बताए ।टमाटर उत्पादन हुँदा सहकारीको नाममा जम्मा गर्ने र उत्पादनको काम सकिएपछि खर्च कटाएर बाँडफाँड गर्ने गरेको सहकारीले जनाएको छ ।