Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

हवल्दारको नेतृत्वमा रहेका समूहले ६४ तोला सुन लुटे

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाडौं – प्रहरीकै नेतृत्वमा रहेको लुटेरा समुहले ६४ तोला सुन काठमाडौंको न्युरोडबाट लुटेका छन् । सोह्रखुट्टे प्रहरीमा कार्यरत हवल्दारको नेतृत्वमा रहेका समूहले ६४ तोला सुन लुटेको प्रहरीले जनाएको छ ।

हवल्दारको नेतृत्वमा रहेका ८ जनाको समुहले न्युरोडमा रहेको प्रेम रत्न शाक्यको घरमा रहेको पसलबाट ६४ तोला बराबरका सुनका गहना र १३ हजार रुपैयाँ लुटपाट गरेको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए ।अमात्यका अनुसार व्यापारीले आफ्नो ६४ तोला सुनका गरगहना र १३ हजार रुपैयाँ लुटिएको भन्दै निवेदन दिएका थिए । त्यसमध्ये सबै गरगहना र १२ हजार ९ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।