Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सेवा पुर्याउने उद्देश्यले ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ हुने

Friday, March 31, 2017 National Power

१८ चैत, भक्तपुर – एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले भक्तपुरलगायत उपत्यकाका किसानलाई जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ ।

संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १९ र २० गते हुने मेलाबारे जानकारी दिँदै किसानलाई कृषि उत्पादन, मल, प्रविधि, रोग, माटो परीक्षण बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष उत्तम सापकोटाले बताए ।

६०औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गर्न लागेको मेलामा संस्थासँग आबद्ध किसान, व्यावसायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कृषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, कृषिसम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितका ४५ भन्दा बढी स्टल मेलामा राखिने उनले जानकारी दिए।