Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपालमा आयात

Thursday, March 30, 2017 National Power

१६ चैत, पर्सा –  वीरगन्ज नाका भएर भारतबाट चालु आवको आठ महिनामा रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले नेपालका लागि बरौनी र रक्सौल तेल डिपोबाट करिब छ लाख ५० हजार २११ किलोलिटर पेट्रोल, डिजेल, मट्टितेल र भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय १४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको बताए ।

पोखरेलले सिमावर्ती भारतीय सहर रक्सौल, हल्दिया, बरौनी, मथुरालगायत स्थानबाट नेपालमा इन्धन आयात भएको र भारतबाट इन्धन आयात गर्दा रु नौ अर्ब ११ करोड २४ लाख १९ हजार राजस्व सङ्कलन भएको बताए। ।

फागुनमा वीरगन्ज नाकाबाट २० हजार ८५ किलोलिटर पेट्रोल, ५९ हजार ८२५ किलोलिटर डिजेल, ७८९ किलोलिटर मट्टीतेल र १४ हजार २५६ किलोलिटर हवाई इन्धन नेपाल भित्रिए छ भने यो महिनामा कार्यालयले रु एक अर्ब ३३ करोड एक लाख राजस्व सङ्कलन गरेको छ ।