Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

विदेशको तुलनामा घरमै दोब्बर कमाइ केरा खेतीबाट

Wednesday, March 29, 2017 National Power

१६ चैत, प्युठान – प्युठान सरुमारानी गाउँपालिका बांगेसालका  कुमाल दम्पतिले आफ्नै बारीमा केरा खेती गरेर लाखौं रुपैयाँ आम्दानी गरेका छन् । विदेशको तुलनामा घरमै दोब्बर कमाइ भइरहेको दम्पतिले खुसी व्यक्त गरे ।

विगत सात वर्षदेखि  ४६ वर्षीय श्रीमान् धनबहादुर कुमाल र ३१ वर्षीया बीमाकुमारी कुमालले व्यावसायिक केराखेती गरिरहेका छन् ।
बीमाका अनुसार केरा बिक्रीबाट दैनिक दुई हजारभन्दा बढी आम्दानी हुने र प्राप्त आम्दानीबाट प्युठान–दाङ–भालुवाङ सडक खण्डअन्तर्गत बाटो छेउँमै उनको पक्की घर छ कमाइले पक्की घर पनि बनाईन् ।

उनी भन्छन् बिक्रीको नहुने कुरामा कुनै चिन्ता छैन बसमा यात्रा गर्नेले नै खरिद गरिहाल्छन । व्यवसायिक केरा खेति बाट दैनिक दुई हजारभन्दा बढी रुपैयाँ जम्मा हुने गरेको बीमाकुमारीले बताईन।

घरखर्च चलाउन विदेश गएका श्रीमान् घर फर्केपछि आफूलाई सहज भएको बताईन् । सुरुमा एक रोपनी क्षेत्रफलमा खेती गरेका थियौँ  अहिले बढाएर दुई विघामा पुर्‍याएकाछौं । अझै बढाउने योजना छ । मालुवा जातको केरा धेरै रसिलो हुने र ग्राहकले पनि धेरै मन पराउँने गरेको धनबहादुरले बताए।