Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जुम्लाका लागि धानको विउ राख्ने दिन भोली

Friday, March 24, 2017 National Power

११ चैत जुम्ला – जुम्ला जिल्लामा सदाझै यो बर्ष पनि धानको विउ राख्ने तयार भईरहेको छ । विशेष गरि अरु दिनहरु भन्दा चैत १२ गते धानको विउ राख्ने प्रचलन रहेको छ ।समय अनुकुल धानको विउ राख्दा राम्रो फल मिल्ने स्थानिय बासिहरुको जनविस्वास रहेको छ ।
धानलाई चैत १२ गते पानिमा भिजाएर राख्ने ,१६ गते त्यसलाई फेरी अर्को ठाउँमा विना पानि राख्ने त्यसपछि २० गते विउ राम्रो भएपछि बेर्नामा राख्ने गरिन्छ यसरी विउ राख्दा ठिक समयमा विउ ठुुलो हुने र सार्न सजिलो हुने स्थानिय बासीहरुको भनाई रहेको छ ।
त्यति बेला खेतमा जौ काट्ने समय पनि उचित हुने हुदा जुम्लाका लागि जौ पाक्ने अनि धानको विउ ठुलो हुने समय करिब करिब उस्तै हुनुपर्ने जुम्ला जिल्ला चन्दनाथ १२ का अमर नेपालीले बताए ।