Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार पक्राउ

Thursday, March 16, 2017 National Power

३ चैत, काठमाडौं -आज नेपालगञ्जबाट प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार जनालाई भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले रकम खरिद गर्ने दुई र बिक्री गर्ने दुईजनालाई उक्त टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

१३ लाख बढी भारुसहित सन्तोष राय र ६ लाख बढीभारुसहित राजेश कुम्हार लाई फरक फरक ठाउँबाट नियन्त्रणमा प्रहरीले लिएको हो । पक्राउ परेका अन्य दुईको पहिचान सार्वजनिक भएको छैन ।