Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार पक्राउ

Thursday, March 16, 2017 National Power

३ चैत, काठमाडौं -आज नेपालगञ्जबाट प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार जनालाई भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले रकम खरिद गर्ने दुई र बिक्री गर्ने दुईजनालाई उक्त टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

१३ लाख बढी भारुसहित सन्तोष राय र ६ लाख बढीभारुसहित राजेश कुम्हार लाई फरक फरक ठाउँबाट नियन्त्रणमा प्रहरीले लिएको हो । पक्राउ परेका अन्य दुईको पहिचान सार्वजनिक भएको छैन ।