Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

Monday, December 29, 2025 National Power

काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन ।

महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा बाबु र छोरी विचको प्रगाढ मायालाइ देखाईएको छ । यस गीतका गायक गायिकामा चर्चित गायक राजेश पायल राई र सुमाम्सा बान्तवा हनु । सुमाम्साले यस गीतमा स्वरमात्र दिएकी छैनन फिचर पनि भएकी छिन । यस गीतको मर्मस्पर्शी भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवा बाबु र छोरीको रुपमा फिचर भएका छन ।

६ मिनेट २६ सेकेण्ड लामो यस भिडियोमा संघर्षशिल एक परिवार जहाँ बाउ र सानी छोरी छन । त्यहाँ दुवैको सपना र विश्वासलाई बलियो रुपमा देखाइएको छ । अझ सुमाम्साको जिवन्त अभिनयले भिडियोलाई गहकिलो बनाएको छ । सुमाम्सा अष्ट्रेलियामा जन्मिएर उतै हुर्किए पनि उनको स्वरमा नेपाली लवज र अभिनयमा नेपालीपन आउनुले पनि उनीमा नेपाल, नेपाली भाषा संस्कृती र कला प्रतिको माया कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

सुमाम्सा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा सानै उमेरदेखी नाचगान,गीत संगीतमा विशेश रुची राख्दथिन । त्यसैले उनी ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखी स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्ष देखी नाटक (ड्रामा) को प्रशिक्षण तथा नृत्य पशिक्षण कक्षा पनि लिइरहेकी छिन । उनी साँगितिक तथा कला क्षेत्रको मात्र नभइ पौडी र भलिबलको पनि प्रशिक्षणमा पनि विगत केही बर्षदेखी लिइरहेकी छिन । सुमाम्सा मेधाबी विद्यार्थी पनि हुन् उनी अध्ययनरत विद्यालयमा अष्ट्रेलियन र अन्य मुलुकका विद्यार्थीलाई समेत पछि पार्दै उनी बर्षका उत्कृष्ट ५ विद्यार्थीहरुमध्येमा चयन भएकी छिन ।