Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न

Monday, March 9, 2026 National Power

काठमाण्डौं– बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन्।

कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमूख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सप्पादक तथा निर्देशक राजु शाह तथा चलचित्र निर्देशक माधब राज खरेल लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागितामा सम्पन्न ग्रयाण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप भईन्। उनले नगद ६० हजार रुपियाँ पुरस्कार पाएकी छन्। त्यसै गरी सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भएकी छन्। उनले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्।

किड्स रियालीटी शोमा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिशिङ फीप्थ रनर्सअपः भए। उनीहरुलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितका सबै विजेतालाई भोटिङ पार्टनर एभेनतोज कम्पनीले १० हजार रुपियाँको शैक्षिक पुरस्कारसमेत प्रदान  गरेको छ।

प्रत्येक आइतबार साँझ ६ बजे स्पेश फोके टेलिभिजन र साँझ ७ बजे ओएसआर।रियाल्टी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको रियालीटी शो गत २०८२ बैशाखदेखि शुरु भएको थियो। भाद्रसम्म स्थानियस्तरको अडिशनमा १८ सयजना बाल–बालिकाले भाग लिएको प्रतियोगिताको मेघा अडिशनमा १ सय ८० जना छनौट गरिएको र त्यसपछि क्रमशः टप ८० तथा टप ४० हुँदै ग्राण्ड प्रिमियरमा २३ जना छनौट भएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक तथा कार्यक्रमका निर्देशक एवं परिकल्पनाकार लबबहादुर कार्कीले जानकारी गराए। कार्कीका अनुसार क्रमशः छनौट हुदै टप फाइनल ६ जनाबीच ग्रयाण्ड फिनाले भएको थियो।

लोमशबहादुर काकी र लबिस कुमार कार्कीको इभेन्ट म्यानेजमेन्ट, शम्भु प्रसाद रेग्मीको संयोजन र प्रनीमा दाहालको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माका साथमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा निर्णायक रहेका थिए। त्यसै गरी भोटिङ राउण्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कबिराज घहतराज अतिथी निर्णायक रहेका थिए।

कार्यक्रमको मुख्य प्रयाजोक वल्र्ड लिंक तथा प्रायोजकहरु नेपाल एयरलायन्स, ल्याबरोटरी स्कुल, मदरल्याण्ड सेकेण्डरी स्कुल, रितम्भरा कलेज तथा स्कुल थिए। कार्यक्रममा फेसियल हाउस मेकअप र फेमिली क्लोथ तथा स्ट्यान्डर टेलर्स क्लोथीङ पार्टनर रहेका थिए। एएनपी। मिडिया हाउसकी प्रशासन प्रमुखः अनीता तामाङले आगामी वर्ष २०८३ बैशाखदेखि नृत्यका साथै गायन रियालीटी शो नेसन्स् गट ट्यालेन्टका लागि स्थानिय स्तरबाट अडिशन गरिने जानकारी गराइन्।