Tuesday 16th April 2024

    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

ट्रम्पकाे कार्यकारी निर्णय, मेक्सिकाेमा पर्खाल र गैर कानुनी अाप्रवासीलाइ देश निकाला गर्ने

Thursday, January 26, 2017 National Power

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई गैरकानुनी रूपमा प्रवेश रोक्न अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात नभई बसोबास गर्नेलाई फिर्ता पठाउने (डिर्पोटेशन) दुई कार्यकारी निर्देशन हस्ताक्षर गरेका छन् ।

 

केही शहरहरु (सेन्जुरी सिटी) ले गैरकानुनी रूपमा बसोबास गर्नेप्रति उदारता देखाउँदै समाउने र छाड्ने गर्ने नीतिलाई पनि यो कार्यकारी निर्देशनमार्फत समाप्त गरिएको छ ।

निर्वाचनका बेला ट्रम्पले गैरकानुनी रूपमा अमेरिका प्रवेश रोक्न मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात विना बसोबास गर्दै आएका विदेशलाई डिर्पोटेशन गर्ने मुद्दालार्इ प्राथमिकता दिएका थिए । सुरूका १०० दिनमै यी काम गरिसक्ने उनको वाचा थियो ।

अमेरिकामा करिब १ करोड १० लाख कागजात विहिन बसोबास गर्दै आएको तथ्याङ्क छ । यसमा केही हजार नेपाली पनि पर्छन ।

इमिग्रेशन मामिला हेर्ने मुख्य निकाय होम ल्याण्ड सेक्युरिटीजको भ्रमणका अवसरमा डोनाल्डले यो कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका हुन् । अमेरिकालाई सुरक्षित बनाउन यो कदम चालिएको राष्ट्रपतिको दाबी छ । होमल्याण्ड सेक्युरिटीजलाई बढी जनशक्ति र साधनस्रोत सम्पन्न बनाई गैरकानुनी रूपमा बस्ने विदेशीमाथि कडाई गरिने छ ।

अमेरिका मेक्सिको सीमामा महिना भित्रै पर्खाल लगाउन पनि सुरु गरिने भएको छ । यसमा लाग्ने खर्चका बारेमा पनि मक्सिकोसँग मागिने तर, तत्काल केन्द्रीय कोष (फेडरल फण्ड)वाट पर्खाल निमार्ण सुरु गरिने जनाईएको छ । निर्देशनमा सीमा क्षेत्रमा हिरासतमा राख्ने जेल निर्माण गर्ने र डिर्पोटेशन बढाउने तथा समात्ने र छाड्ने कार्यलाई रोकिने उल्लेख भएको ट्रम्पले बताएका छन् । ‘यसका लागि कुनै नयाँ कानुन चाहिंदैन’ ट्रम्पले भने ।

पक्राउ र डिर्पोटेसन बढ्ने

यी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछि ट्रम्पले हज्जारौं हजारको जीवन र अरर्बौ डलर सुरक्षित हुने दावी गरेका छन् । ‘गैरकानुनी रूपमा बस्ने र अपराधमा सहभागी हुनेलार्इ पहिलेदेखि नै डिर्पोटेशन हुँदै आएको छ यो कुनै नयाँ होइन’ इमिग्रेशन कानुन विज्ञ विनोद रोक्काले भने- ‘अहिले नयाँ राष्ट्रपतिको यो कार्यकारी निर्देशनले थप कडाई हुने देखिन्छ ।’

कानुनी कागजात नभई गैरकानुनी रूपमा वस्नेलाई सतर्क रहन र इमिग्रेसन कानुन विज्ञसँग परामर्श गर्न म सुझाव दिन्छु उनले भने । सुरुमा कागजातविहीन गैरकानुनी रूपमा बसोबास गर्ने र अपराधमा संलग्नलाई कडा गर्दै प्रकाउ गर्ने र डिर्पोटेशन हुने सम्भावना बढी रहेको संचारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकामा कानुनी रूपमा बस्ने कागजात छैन भने अपराध नगरेको भए पनि हुलमुलमा पक्राउ परियो भने डिर्पोटेशनमा पर्न सकिने रोक्काले बताए । ‘सकेसम्म कानुनी रूपमा बसोबास गर्नेतर्फ जानु नै उपयुक्त हुन्छ’ रोक्काले भने । यस अघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि गैरकानुनी अप्रावासीलाई वार्षिक औषत ४ लाखका दरले डिर्पोटेशन गरिएको थियो । यसमा केही नेपाली पनि परेका थिए ।

राष्ट्रपति ट्रम्पका कार्यकारी निर्देशनमा सिरियाका शरणार्थीलाई प्रवेश नदिने उल्लेख छ । विश्वका अन्य देशबाट शरणार्थी ल्याउने कार्यक्रमलाई पनि हाललाई रोकेका छन् । प्रकृयाहरुका बारेमा विस्तृत मूल्याङ्कन गर्न १ सय २० दिनका लागि शरणार्थी कार्यक्रम रोकिएको जनाईको छ । तर, यो वर्ष पहिले भन्दा कम शरणार्थीलाई मात्र अमेरिकामा स्थायी बसोबास गर्न दिइने छ ।

यस सम्बन्धी विस्तृत विवरण बिहीबार सार्वजनिक हुने न्युयोर्क टाइम्सले जनाएको छ । यसमा इराक, सिरिया, इरान, सुडान, लिविया, सोमालिया र यमनका नागरिकलाई अमेरिका प्रवेश रोक लगाउने व्यवस्था हुन सक्ने टाइम्सले उल्लेख गरेको छ ।