Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

बिग सेल अब २ दिन बाँकी

Thursday, January 19, 2017 National Power

काठमाडौं, ०५ माघ । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपमा आयोजना भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म संचालन हुने भएको छ । मेला पौष १४ गतेदेखि शुरु भएको हो ।

बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयामलाई लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भिड लागेको हो । कम्पनीहरुले यस सिजनमा बनाइएको नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु बिग सेल मेलामा मात्र उपलब्ध गराइएका छन् । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा १५ प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ ।

मेलामा १ सय ५० देखि १० हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ।

नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिएको छ ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो मेलामा २ लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।

कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको र नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको छ ।

राष्ट्रिय नाचघर जमल स्थित मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले आप्mनो सेवा बिस्तार गर्ने क्रममा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी र बुद्धमल बालाजुमा गरी ४ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ । बिग सेलको यो योजना नेपाली जुत्ता घरका सबै बिक्रि कक्षहरुमा समेत उपलब्ध गराईएको छ ।