Sunday 28th April 2024

    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

खेलकुद

फुटबल रंगशालमा भागदौड हुदा २ जनाको मृत्यु १७ घाइते

१५ साउन – दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको

आईसीसीले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठायो

१२ साउन, काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो । क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको

भिएआरको पक्षमा म्याराडोना

११ साउन – डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआर) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि ‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ । ३१ वर्षअघि अर्जेन्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को

आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि इंग्ल्याण्डलाई

९ साउन – भारतलाई ९ रनले हराउँदै इंग्ल्याण्डले आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार राति लर्ड्समा भएको फाइनल खेलमा भारतलाई हराएर इंग्ल्याण्डले उपाधि उचालेको हो । दुई सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय १९ रनमात्रै बनाएपछि इंग्ल्याण्ड ९ रनले विजयी भएको हो ।

नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

६ साउन, काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरमा टस जितेर नेपालले ब्याटिङ गरिरहेका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् । ८३ बल खेलेका ऐरीले दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । ऐरीलाई सिंगापुरका रोहन रंगराजनले क्याच आउट गरेका हुन् ।

आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा

६ साउन, – भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । उसका लागि

नेपाल भर्सेस अफगानिस्तान

५ साउन, काठमाण्डौ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले प्रतियोगिताकै बलियो टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अहिले अफगानिस्तानले ब्याटिङ गरिरहेको छ । विश्वकपमा स्थान बनाउन नेपालले यो खेल पनि जित्नैपर्नेछ । नेपालले यसअघि मलेसिया र सिंगापुरलाई हराएको थियो भने अफगानिस्ताले पनि आफ्ना दुईवटै खेल जितेको

टेनिसको सेमिफाइनलमा भेनस र कोन्टा भिड्ने

२८ असार – छैटौं वरियताकी बेलायती योहाना कोन्टा र दशौ वरियताकी अमेरिकी भेनस विलियम्स विम्बल्डन टेनिसको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । लन्डनमा गएराती बेलायती कोन्टाले रोमानियाकी सिमाने हालेप र भेनसले लाट्भियाकी जेलेना ओस्टापेन्कोलाई पराजित गरिन् । लण्डनस्थित सेन्टर कोर्टमा कोन्टाले अन्तिम चारमा स्थान बनाउन दोस्रो बरियता प्राप्त हालेपमाथी ६ – ७ (२– ७

नेपाल र बङ्गलादेश आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै

२७ असार, काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने खेल आफ्नो पक्षमा पार्ने रणनीति बुन्न दुवै टिम लागेका छन् । यु–२३ का मुख्य प्रशिक्षक

पहिलो टेष्टमा इंग्ल्याण्ड २११ रनले विजयी

२६ असार – दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड दुई सय ११ रनले विजयी भएको छ । लर्ड्समा भएको खेल चौथो दिन आइतबार राति इंग्ल्याण्डका मोइन अलीले ६ विकेट लिँदै टिमलाई जिताएका हुन् । दोस्रो जितका लागि तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो