Tuesday 16th January 2018

    कंगारु फेयर २०१८ हुँदै    नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)    कञ्चनपुरमा चक्कु प्रहार गरी हत्या    संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न    कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि टोली जादैँ

आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि इंग्ल्याण्डलाई


९ साउन – भारतलाई ९ रनले हराउँदै इंग्ल्याण्डले आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार राति लर्ड्समा भएको फाइनल खेलमा भारतलाई हराएर इंग्ल्याण्डले उपाधि उचालेको हो । दुई सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय १९ रनमात्रै बनाएपछि इंग्ल्याण्ड ९ रनले विजयी भएको हो । भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिएपनि हार टार्न सकेनन् । इंग्ल्याण्डको तिजमा एन्या श्रब्सोलको भूमिका महत्वपूर्ण रह्यो । उनी एक्लैले ६ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाइन् ।