Thursday 1st January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सडक र सुरक्षा

शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई पठायो कुटनीतिक पत्र

काठमाडौं -बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र,

दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी

काठमाडौँ –  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइको लागि पेशी तोकेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा

पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

काठमाडौँ –  गायिका नितु पौडेल मृत्युको घटनामा सङ्गीतकार बाबुल गिरीमाथि अनुसन्धान नसकिएकोले प्रहरी पुन: म्याद थपका लागि अदालतमा पेस गर्ने भएको छ ।  ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको अनुमति मंगलबार सकिएको छ । प्रहरीले अनुसन्धान अझै बाँकी रहेकोले थप केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न लागेको जिल्ला प्रहरी

किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

काठमाडौँ –  बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।

नेपाली सेनासहित सुरक्षा निकायको अपिल संवादमार्फत शान्तिपूर्ण समाधान निकालौं

काठमाडौं -नासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। जेनजी आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलले गरे प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

सेनाको घेरा तोडेर सिंहदरबार प्रवेश गरे प्रदर्शनकारी

काठमाडौं -नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रदर्शनकारी मंगलबार (भदौ २४) दिउँसो देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । ‘जेनजी’को प्रदर्शनको दोस्रो दिन उनीहरू सिंहदरबार छिरेका हुन् । प्रदर्शनकारी यति बेला मन्त्रालयभित्र छिरेर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका घरघरमा आगो लगाइसकेका छन् ।

हजारौंको संख्याका प्रदर्शनकारी संसद् छिरे

काठमाडौं –   संसद् भवन नयाँ बानेश्वरमा हजारौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरेका छन् । उनीहरु अहिले भर्खरै त्यहाँ प्रवेश गरेका हुन् । यसअघि हजारौँको संख्यामा सो क्षेत्रमा प्रदर्शनकारी जम्मा भएका थिए ।

रास्वपाका सबै सांसदले दिए राजीनामा

काठमाडौं –  रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । यस्तो विज्ञप्ति जारी गर्दै उनीहरु सबैले सामूहिक राजीनामा दिएका हुन् । वि.सं. २०८२ भदौ २४ ने.सं.११४५ ञंलागा द्वितीया आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, सामूहिक राजीनामा देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा