Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

खेलकुद

मेक्सिकोमाथि शानदार जित

१६, असार – विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सोचीमा भएको सेमिफाइनलमा मेक्सिकोलाई ४–१ ले हराउँदै जर्मनीले उपाधि यात्रा तय गरेको हो । जर्मनीको जितमा लियोन गोरेत्काले दुई तथा टिमो वार्नर र आमिन युनिसले एक एक गोल गरे । मेक्सिकोका लागि मार्को फेबियनले एक गोल फर्काए । सुरुवातको

जर्मनी सेमिफाइनलमा

१२, असार – विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । रुसमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा जित निकाल्दै जर्मनीले समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । जर्मनीले क्यामरुनलाई ३–१ ले हराएको हो । जर्मनीको जितमा टिमो वेर्नेरले दुई तथा केरेम डेमिरबेले एक

पोर्चुगलको शानदार जित,न्युजिल्याण्ड खाता नै नखोली घर फर्कियो

११, असार – पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । पोर्चुगलले न्युजिल्याण्डलाई ४–० ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे । न्युजिल्याण्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने

डी मारियाले २२ करोड ९६ लाख जरिवाना तिर्ने

८, असार – पेरिस सेन्ट–जर्मेनका खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो (२२ करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा अर्जेन्टिनका डी मारिया २० लाख युरो जरिवाना तिर्न तयार भएको स्पेनिस अधिकारीले बताएका छन् । डी मारिया आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर

कनफेडेरेशन कप फुटबलमा जर्मनीको विजयी सुरुवात

६, असार – रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा गएराति अस्ट्रेलियालाई ३–२ ले हराएको थियो । सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे । अस्ट्रेलियाका लागि टम रोगिच र टोमी जुरिकले गोल गरे ।

रुसको विजय सुरुआत

४ असार, काठमाडौं – आयोजक रुसले फिफा कन्फेडेरेसन कप फुटबलमा विजय सुरुआत गरेको छ । गएराति भएको उदघाटन खेलमा न्युजिल्यान्डलाई २ – ० ले पराजित गर्दै घरेलु टोलि रुसले विजय सुरुआत गरेको हो । सेन्ट पिटर्सबर्ग स्टेडियममा भव्य उदघाटनका बीच भएको खेलमा रुसलाई जित दिलाउन फेडोर स्मोलोभले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो

पारसलाई राष्ट्रदीप मानपदवी र टमाटालाई प्रबल जनसेवाश्रीबाट सम्मान गरिने

१५ जेठ, काठमाडौं – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय भएको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ । जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान

बार्सिलोनालाई कोपा डेल रे उपाधि,आर्सनलाई एफए कप

१४ जेठ – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गए राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल

रियल ला–लिगा च्याम्पियन

८ जेठ, काठमाडौं – मालागालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । रियलले सन् २०१२ पछि पहिलो पटक घरेलु लिगको उपाधि उचालेको हो । उपाधिका लागि रियल मड्रिडलाई कम्तिमा बराबरी चाहिएको थियो, जुन खेलमा मालागामाथि २–० सहज जित हात पारेको छ । मालागाको घरेलु मैदानमा भएको खेलमा रियलले दोस्रो मिनेटमा नै

मुम्बाईलाई १०अाैँ अाइपिएलकाे उपाधि

८ जेठ, काठमाडाैँ – १० अाैँ संस्करणकाे अाइपिएलकाे उपाधि मुम्बाइ इन्डियन्सले जितेकाे छ । हैदराबादकाे राजीवगान्धी अन्तराष्ट्रिय रंगशालामा भएकाे खेलका राइजिङ पुने सुपरजाइन्टस् लाइ १ रनले पराजित गर्दै समग्रमा तेश्राे पटक अाइपिएलकाे उपाधि जितेकाे हाे । टस जितेर पहिलाे व्याटिङ गरेकाे मुम्बाइले निर्धारित २० अाेभरमा ८ विकेट गुमाएर १२९ रनकाे सामान्य याेगफल तयार पारेकाे थियाे