Monday 13th May 2024

    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान    युवा व्यवसायी श्यामकुमार घिमिरे सम्मानित    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने

नेपाल भर्सेस अफगानिस्तान

Thursday, July 20, 2017 National Power

५ साउन, काठमाण्डौ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले प्रतियोगिताकै बलियो टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अहिले अफगानिस्तानले ब्याटिङ गरिरहेको छ । विश्वकपमा स्थान बनाउन नेपालले यो खेल पनि जित्नैपर्नेछ । नेपालले यसअघि मलेसिया र सिंगापुरलाई हराएको थियो भने अफगानिस्ताले पनि आफ्ना दुईवटै खेल जितेको छ ।

बलिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएपनि यसअघिका खेलमा ब्याटिङमा निकै समस्या देखिएकोले आफगानस्तानविरुद्ध सम्हालिएर खेल्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् ।डवल राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।