Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

समाचार

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा ‘मानव अधिकार, हाम्रा दैनिक आवश्यकताहरू’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी गरे पनि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो ।

एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

काठमाडौं –  दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

काठमाडौँ -चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । मंसिर २० गते शनिबारसम्मको सार्वजनिक बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । यस अवधिमा परानको टिकट ५ लाख ९८ हजार

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार सो प्रतिवेदन पेश गरेको हो ।  

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक –  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले

अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा

काठमाडौं, मंसिर ११ । अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमुलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि तथा सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए। सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्स

भारतीय थिएटरकी सक्रिय कलाकार अदिति मुखर्जीको सडक दुर्घटनामा मृत्यु

नोएडा – भारतीय थिएटर क्षेत्रमा प्रतिभावान् मानिएकी कलाकार अदिति मुखर्जीको नोएडा एक्सप्रेसवेमा भएको भिषण सडक दुर्घटनामा निधन भएको छ । आइतबार सफीपुर गाउँ नजिकै यो दर्दनाक दुर्घटना भएको हो, उनी ग्रेटर नोएडाको गौतम बुद्ध युनिभर्सिटीमा एक कार्यक्रमका लागि बाइकमा जाँदै थिइन् । सफीपुर गाउँ नजिकै एक अज्ञात सवारीसाधनले उनको बाइकलाई तीव्र गतिमा ठक्कर दिएको थियो

इनास नेपालको अध्यक्षमा लामिछाने

काठमाडौँ -अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव

शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई पठायो कुटनीतिक पत्र

काठमाडौं -बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र,