Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भिएआरको पक्षमा म्याराडोना

Wednesday, July 26, 2017 National Power

११ साउन – डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआर) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि ‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ । ३१ वर्षअघि अर्जेन्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को जित निकाल्ने क्रममा गोलका लागि हातको प्रयोग गरेका थिए । त्यसबेला भिएआर प्रविधि भएको भए आफ्नो गोल पनि मान्य नहुने उनले बताए । म्याराडोनाले आफू भिएआरको पक्षमा रहेको बताउँदै विश्वकपमा यो प्रविधि नहुँदाको फाइदा आफूले एक पटक नभएर दुई पटक लिएको बताए । सन् १९९० को विश्वकपको समूह चरणको खेलमा पनि आफूले बल क्लियर गर्नका लागि हातको प्रयोग गरेको उनले बताएका छन् ।