Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भिएआरको पक्षमा म्याराडोना

Wednesday, July 26, 2017 National Power

११ साउन – डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआर) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि ‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ । ३१ वर्षअघि अर्जेन्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को जित निकाल्ने क्रममा गोलका लागि हातको प्रयोग गरेका थिए । त्यसबेला भिएआर प्रविधि भएको भए आफ्नो गोल पनि मान्य नहुने उनले बताए । म्याराडोनाले आफू भिएआरको पक्षमा रहेको बताउँदै विश्वकपमा यो प्रविधि नहुँदाको फाइदा आफूले एक पटक नभएर दुई पटक लिएको बताए । सन् १९९० को विश्वकपको समूह चरणको खेलमा पनि आफूले बल क्लियर गर्नका लागि हातको प्रयोग गरेको उनले बताएका छन् ।