Wednesday 21st February 2018

    प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न ।    चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे    कब्जियत छ ? त्यसो यस्तो खानेकुरा खानुपर्छ    अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा    अभ्यास

अर्थ

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

७ फागुन, बाजुरा – बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ । लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख

२५ करोडको वैदेशिक रोजगार बचत पत्र बिक्री सुरु

३ फागुन, काठमाडौं – नेपाल राष्ट्र बैंकले वैदेशीक रोजगारीमा रहेका र त्यहाबाट फर्किएको चार महिना नकटेकाहरुको लागि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०७९ ख जारी गरिरहेको छ । यो बचत पत्रमा बार्षिक १० प्रतिशत ब्याजदर पाइने छ भने ब्याज भुक्तानी ६र६ महिनामा भुक्तानी हुनेछ । पाँच वर्षसम्म यस्तो बचत पत्र फिर्ता नहुने भएपनि

शेर्पा–नेवई कृषि सडक निर्माण तीव्र

२४ माघ,तेह्रथुम – तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ स्थित शेर्मा–नेवई साढे पाँच किमी कृषि सडक खण्डको काम तीव्रगतिमा भइरहेको छ । गाउँमा उत्पादन भएको अदुवालगायत कृषिजन्य उत्पादनलाई निकासीका लागि सहज बनाउन सडक स्तरोन्नतिको काम शुरु भएको हो । उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेपछि स्थानीयवासी हर्षित बनेका छन् ।

रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

२३ माघ, मोरङ – बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या

२२ माघ, बैतडी – बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन । स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् । विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा

उपराष्ट्रपति र रक्षामन्त्रीले गरे च्याङ्बा लामाको तारिफ

१९ माघ , काठमाडौ-  नेपालका सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो उदघाटन गरेर त्यसको बडा अभिरुचिपूर्वक अवलोकन गर्नु भएको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजित फोटोग्राफी एक्स्पोको आयोजना नेपाल फोटोपत्रकार समूहले गरेको हो। शुक्रबारवाट तीनदिनसम्म चल्ने एक्सपोमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ७० वटाजति स्टल रहेको छ। एक्स्पो अवलोकन भ्रमणका क्रममा सम्माननिय उपराष्ट्रपति पुन नेपालका

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश, कति दिंदैछ नगद र बोनस  ? १८ माघ, काठमाडौं –  सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (Century Commercial Bank Ltd)ले बोनस शेयर घोषणा गरेको छ । चार संस्थालाई गाभेर ७ अर्ब ६७ करोडभन्दा बढी पूँजी पुर्याएको सेञ्चुरीले चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर दिने भएको हो । बैंकले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने

छ महिनामा रु चार करोड राजश्व संकलन

१४ माघ, जुम्ला – करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ । सानो क्षेत्रमा सेवा कार्यालयले २०७३÷०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु १७ लाख ३१

सडक निर्माणले स्थानीयवासीमा खुशियाली

१२ माघ ,संखुवासभा – संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो

खाद्य संस्थानद्वारा गुणस्तर परीक्षणको तयारी

११ माघ, काठमाडौँ – नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताउनुभयो । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त भवनको दुई महिना अघि संस्थानलाई हस्तान्तरण