Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा

Friday, July 21, 2017 National Power

६ साउन, – भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । उसका लागि एजे ब्ल्याकवेलले ९० तथा इजे भिल्लानीले ७५ रनको योगदान दिएपनि हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको भारतीय महिला टिमले निर्धारित ४२ ओभरमा ४ विकेटको क्षतिमा दुई सय ८१ रन बनायो । भारतको जितमा हिरो बनिन् हरमनप्रित कौर । उनले एक सय १५ बलमा नटआउट एक सय ७१ रन बनाइन् । यसक्रममा उनले ७ छक्का र २० चौका प्रहार गरिन् । फाइनलमा अब भारतले आइतबार लर्ड्समा इंग्ल्याण्डसँग खेल्नेछ ।