Monday 6th May 2024

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु    तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल

‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

Friday, April 26, 2024 Devil Singh Rajput

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक सत्रमा वक्ताका रुपमा बोल्ने क्रम उहाँले उक्त दाबी गर्नुभएको हो ।

‘पहिला अनुमान गरेअनुसार विद्युत् उत्पादन नभएमा कम्पनीहरुले पेनाल्टी तिर्नुपर्ने थियो, जुन कुरामा उनीहरुको गल्ती नै थिएन । अहिले त्यस्तो पेनाल्टी तिर्नुपर्ने व्यवस्था हटाएका छौं । पुर्नकर्जाको लागि पहल गरेर परियोजनाहरुलाई रुग्ण हुनबाट बचाएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि जलविद्युत् क्षेत्रको विकासको लागि नियमन आयोग सहजीकरण गर्न तयार छ ।’

यस्तै, उहाँले नेपाल–बंगालदेश डेडीकेटेड प्रसारण लाइन बनाउनुपर्ने बताउनुभयो । यसैगरि बंगलादेश, तिब्बत, भारत, भुटान लगायतका देशको विद्युतीय पुर्वाधारलाई अन्तरआवद्ध गर्ने गरि नेपाल अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।