Tuesday 4th November 2025

    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक    राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी    कलाकार संघमा रिक्त रहेको पदमा नियुक्त ४ जनाले गरे शपथ ग्रहण    पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

बसुन्धारा, रातोपुल र कालोपुलका प्रहरी बिटमा आगजनी, नागरिक सरकार गठनको माग

Tuesday, September 9, 2025 National Power

काठमाडौं-  सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् ।

सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो । आन्दोलनको दोस्रो दिन मंगलबार देशका मुख्य सहरमा तथा नेताहरूका निजी आवास तथा प्रहरी बिट जलाउँदै नाराबाजी गरेका हुन् ।

मंगलबार प्रदर्शनकारीले महाराजगंज स्थित प्रहरी बिटमा आगजनी गरेका छन् । उक्त बिट पुर्ण रुपमा जलेर नष्ट भएको छ । साथै बिटमा प्रहरीका केही थान मोटरसाइकल पनि जलेका छन् ।

साथै आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई उपचारका क्रममा रगतको अभाव हुन नदिन प्रदर्शनकारीले विभिन्न ठाउँमा रक्तदानका कार्यक्रम पनि सञ्चालन गरेका छन् । सामाखुसीको सिटी स्क्वायर र ग्रीन सिटी हस्पिटलको प्राङगढमा रक्तदान कार्यक्रम जारी छ ।

महाराजगंज प्रहरी बिट सँगै प्रदर्शनकारीले बसुन्धारा, रातोपुल र कालोपुलस्थित प्रहरी बिट पनि जलाएका छन् । सरकारले कर्फ्यु लगाएपनि काठमाडाैंका चोकचोकमा जम्मा भएका प्रदर्शनकारीले नाराजुलुस सहित प्रदर्शन तथा तोफोड गरेका हुन् । प्रदर्शनकारीले नारा जुलुसका क्रममा नागरिक सरकार गठनको माग गरेका छन् ।